काठमाडौं, ११ वैशाख । जनकपुरबाट अपहरणमा परेको भनिएका तत्कालीन समाजवादी पार्टीका प्रतिनिधि सभाका सांसद डा.सुरेन्द्र यादव काठमाडौंको एक होटेलमा भेटिएका छन् ।
डा. यादवलाई सरकारका सबै निकाय लागेर जनकपुरबाट अपहरण गरी काठमाडौं ल्याएको समाजवादी पार्टीले आरोप लगाएको थियो । यो अभियानमा प्रधानमन्त्री केपी ओली नै लागेको समाजवादीको आरोप छ ।
काठमाडौंको नागपोखरीस्थित पाँच तारे होटेल मेरियाटबाट सांसद डा.यादवलाई बिहीबार बिहान उद्धार गरिएको डा.बाबुराम भट्टराईका सहयोगी विश्वदीप पाण्डेले दाबी गरेका छन् ।
‘हिजो बेलुका कसरी अपहरण भयो, प्रशासनबाट के–के दुःख भोग्नुपर्यो, प्रधानमन्त्रीलि राति फोनमा के भन्नुभो ?’, पाण्डेले फेसबुकमा लेखेका छन्, ‘बिहान होटलबाट कसरी भागे भनेर विस्तृतमा सुनाउँदै डा.सुरेन्द्र यादवजी ।’
पार्टी विभाजनमा डा.यादवले अस्वीकार गरेका छन् । उनले पार्टी विभाजनमा अस्वीकार गरेपछि जनकपुरबाट अपहरण गरिएको पाण्डेको दाबी छ ।
तत्कालीन समाजवादी पार्टीकी नेतृ रेणु यादव, सांसद मोहम्मद ईस्तियाक रायनलाई प्रधानमन्त्री ओलीको निर्देशनमा पाँचतारे होटेल मेरिटमा राखिएको डा.भट्टराईका सहयोगी पाण्डेले बताएका छन् । तर, पार्टी फुट्ने भएपछि प्रधानमन्त्रीलाई आरोप लगाउँदै पाण्डेले राजनीतिक मसला पक्ष बनाउन खोजिएको बताइएको छ । पाण्डेले फेसबुकमार्फत जानकारी दिँदै अपहरण भएको बताइरहँदा सांसद यादवले भने खण्डन गरेका थिए ।











प्रतिक्रिया