३ कार्तिक २०८३, मंगलबार

घुस खाने प्रहरी नायब निरीक्षक निलम्वित, २ वर्षको जेल सजाय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ARRESTकाठमाडौँ, २६ फागुन । घुस लिइरहेको अवस्थामा पक्राउ परेका प्रहरी सहायक निरीक्षक निलम्वनमा परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

घुस सहित रंगेहात पक्राउ परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही दरबन्दी भई अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलहियामा कार्यरत प्रहरी नायब निरीक्षक पूर्णबहादुर केसीविरुद्ध अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

सेवाग्राही मोहम्मद इमरानबाट भारतीय नम्बर प्लेटको गाडी नेपाल प्रवेश गर्ने क्रममा रु एक हजार पाँच सय घुस लिइसकेको अवस्थामा उक्त रकम बरामद गरी आयोगले अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा निज केसीले भ्रष्टाचार पुष्टि भएकाले थप सजायका लागि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो । प्रहरीका अनुसार उनलाई भ्रष्टाचार ऐन अन्तर्गत १ लाख जरिवार वा २ वर्ष कैद तथा दुबै सजाय हुन सक्नेछ ।