२ कार्तिक २०८३, सोमबार

कुटपिट तथा वडा कार्यालयका विभिन्न कागजात च्यात्ने कार्यमा संलग्न ७ जना पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

जाजरकोट, १० वैशाख । जुनीचाँदे गाउँपालिका २ मजकोटस्थित वडा कार्यालयका वडाध्यक्षलाई कुटपिट गर्नुका साथै सो कार्यालयका कागजात समेत च्यातेर नष्ट गरेको अभियोगमा ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही गाउँपालिका २ बस्ने ५३ वर्षीय बिर्ख नाथ, ३१ वर्षीय जय बहादुर नाथ, ३६ वर्षीय रेशम नाथ, १८ वर्षीय धन बहादुर नाथ, २५ वर्षीय महेन्द्र नाथ, ४९ वर्षीय नरुनाथ र २१ वर्षीय सुरेन्द्र नाथ रहेका छन् ।

उनीहरुले आफूहरुलाई पिउने पानीको व्यवस्था नगरेको भन्ने बिषयलाई लिएर वडा कार्यालयको कागजात नियन्त्रणमा लिई च्यातेर नष्ट गरेको तथा सोही वडाका वडाध्यक्षलाई समेत कुटपिट गरेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पंचलादहबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

कुटपिटबाट घाइते भएका वडाध्यक्षलाई उपचारको लागि सुर्खेततर्फ पठाइएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ