२ कार्तिक २०८३, सोमबार

उदयपुरमा थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४३ पुग्यो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० वैशाख । उदयपुरमा थप १ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुर भुल्केकी ५५ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उनलाई विराटनगर पठाउने तयारी भइरहेको छ । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको सख्या ४३ पुगेको छ । मंगलबार मात्रै उदयपुरमै ११ जनामा संक्रमण पुष्टि भएको थियो ।