
काठमाडौँ, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन लम्बिने संकेत गरेका छन् । प्रदेश–प्रदेशका संघीय सांसदहरूसँग बालुवाटारमा प्रधानमन्त्री ओलीले लकाडउन बढ्न सक्ने बताएका हुन् ।
भारतमा कोरोनाभाइरसको संक्रमण भयावह बनेको बताउँदै प्रधानमन्त्री ओलीले लकडाउन बढाइने संकेत गरेका हुन् । त्यस्तै सीमामा दुवै देशलाई सहज हुनेगरी केही खुकुलो गरिनेबारे पनि छलफल गरिँदै गरेको पनि बताए ।
त्यस्तै, सरकारले पार्टी विभाजन सम्बन्त्री अध्यादेश जारी गरेसँगै मुलुकको राजनीति तरङ्गित बन्न पुगेको छ । प्रधानमन्त्रीले मुलुकको आवश्यकताअनुसार नै अध्यादेश ल्याएको भनेका छन् ।
अर्का अध्यक्ष पुष्पकमल दाहालसमेत उपस्थित रहेको छलफलमा प्रधानमन्त्री ओलीले अध्यादेश आवश्यकता र औचित्य भएरै ल्याएको प्रष्ट पारेका छन् ।
अध्यादेशहरु ल्याउनै पर्ने भएर ल्याएको ओलीले बताए । त्यस्तै, छलफलमा प्रधानमन्त्रील ओलीले कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले गरिरहेको कामका बारेमा ब्रिफिङ गरेका छन् ।















प्रतिक्रिया