२ कार्तिक २०८३, सोमबार

पानी जमेको खाल्डोमा डुबेर १४ महिने बालकको निधन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

रुपन्देही, १० वैशाख । पानी जमेको खाल्डोमा डुबेर १४ महिने बालकको निधन भएको छ ।

कोटहीमाई गाउँपालिका ५ देवनबसपुर बस्ने राम औतार चौधरीको १४ महिनाको छोरा आनन्द चौधरीको पानी जमेको खाल्डोमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको हो ।

खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुबेर अशक्त भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।