८ मंसिर २०८३, मंगलबार

नेकपा स्थापना दिवसमा ओली–प्रचण्डका फरक विज्ञप्ति, एउटै सन्देश

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । नेपाल कम्युनिस्ट पार्टीको ७१ औं स्थापना दिवसको सन्दर्भमा अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले फरक–फरक सन्देश सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री ओलीले स्थापना दिवसले पार्टी आन्तरिक एकता मजबुद बनाउने बताएका छन् । एकता प्रक्रियालाई पूर्णता दिन स्थापना दिवसले प्रेरणा दिने ओलीको बक्तव्यमा उल्लेख छ ।

ओलीले कम्युनिस्ट पार्टीले चुनावमा ल्याएको जीत अभूतपूर्व रहेको उल्लेख गर्दै सामन्ती व्यवस्थाविरुद्ध असधारण विजय हासिल गरेको बताएका छन् । उनले थप सुदृढ हुँदै एकताको अन्तिम रुपसम्म पुग्ने विश्वास लिएका छन् ।

यता अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीमा विभाजन ल्याउन देशी विदेशी शक्ति सक्रिय रहेको उल्लेख गर्दै स्थापना दिवसको अवसर पारी जारी गरेको वक्तव्यमा कार्यकर्ताले एकताबद्ध हुनका लागि सकारात्मक पहल गर्न अपिल गरेका छन् ।

केही दिनयता नेकपामा दुई अध्यक्षबीच असमझदारी रहेको चर्चा चलिरहेका बेला दुई अध्यक्षले फरक विज्ञप्तिमार्फत एउटै सन्देश दिन खोजेका हुन् ।