नारायणगढ, २६ फागुन । नारायणी कला मन्दिर मंगलवार दिँउसो मानिसले भरिभराउ थियो । कला मन्दिर अन्य दिनभन्दा फरक तरिकाले सिंगारिएको थियो ।
मन्दिरमा एकाएक नाचगान सुरु भयो । दर्शकहरुको भिडमा विभिन्न राष्ट्रप्रेमी गितमा दर्जन बढी गीतमा रत्तिम परिवारका कलाकारले नृत्य गरे । उनीहरुले नृत्य मात्रै गरेनन् ‘रातो लाल्टीन’ गिती नाटक प्रस्तुत गरे । त्यसलगत्तै नरेन्द्र मोदीको भेषमा एक अभिनेताले दर्शकप्रति ब्याङग गर्दै थिए ।
मोदीको भेषमा नेपालका नदीको सिमानामा बाँध लगाईदिएको र नेपालीलाई पानीले डुवाएको ब्याङग गर्दै नेपालीले पानी जहाज चढ्न पाउने वताए । यो सव रक्तिम सांस्कृतिक अभियान अवसर दिएको हो । बाब्लो मानिशको उपस्थितीमा मंगलबार चितवनमा प्रस्तुति देखाईएको हो ।
रक्तिम विविध सांस्कृतिक कार्यक्रम नाम दिएर फागुन १३ गतेदेखि महाकालीबाट सुरु गरिएको उक्त अभियान चैतको ९ गते मेचीमा पुगेर समापन हुने जनाइएको छ ।
अभियानमा जनगायक जीवन शर्माले जनबादी गीतहरु प्रस्तुत गरे । चितवनको नारायणगढमा मंगलबार भएको रक्तिम सांस्कृतिक अभियानमा नेपालका आदीवासी गीत तथा नृत्य र गायक शर्माका गीतहरु प्रस्तुत गरिएको थियो ।
उक्त कार्यक्रममा जनवादी गायक शर्माले मधेसी पहाडी हिमालका हामी हिमाली…, यी दुरदिनमा जन्मेर मैले के गर्न सक्थें…, सिमली छायामा बसी भरिया लामो सास फेरेको लगायतका गीतहरु गायका थिए ।
गायक शर्माले तत्कालिन परिवेशलाई लिएर गाएको गीत वर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भीक रहेको छ । गायक शर्माको प्रस्तुती हेर्नको लागि नारायणी कला मन्दिर, नारायणगढमा राजनीतिकर्मी, शिक्षक, विद्यार्थी, सर्वसाधारण, पत्रकार लगायतका उपस्थिति रहेको थियो ।
गायक शर्माले गीत गाउंदै गर्दा दर्शकहरु स्टेजमा नै उक्लेर उनका गीतमा छमछमी नाचेका थिए । मजदुर, भरिया, परदेशीको पीडा, सीमाना मिचिएको चिन्ता, नारी आवाजका शब्द गीत मार्फत प्रस्तुत गरिएको थियो ।
फागुन २७ गते बुधबार पनि नारायणी कला मन्दिरमा गायक शर्माले आफ्ना लोकप्रीय गीतहरु गाउने बताइएको छ । उमेरले बुढौली लागेपनि गायक शर्माको जोश र जाँगर जवानीमा जस्तै थियो ।
गायक शर्मा रक्तिम सांस्कृतिक परिवारको केन्द्रीय अध्यक्ष समेत हुन् । कार्यक्रम मार्फत शर्माले चैतको २६ गतेदेखि २८ गतेसम्म बुटवलमा हुने रक्तिम सांस्कृतिक परिवारको तेस्रो राष्ट्रिय सम्मेलनलाई भव्यताका साथ सफल पार्न आग्रह समेत गरे ।
कार्यक्रममा दुई सय, पाँच सय, एक हजार, दुई हजार र पाँच हजार रुपैयाँका टिकट तोकिएको छ । त्यस्तै रक्तिम सांस्कृतिक अभियानको प्रस्तुति बुधवार १ बजे बाट नारायणढको नारायणी कला मन्दिरमा सुरु हुने आयोजककले जानाकारी दिएको छ । बुधवार कालो धन नाटक प्रस्तुत हुनेछ ।
फागुन १३ गते कञ्चनपुरदेखि शुरु भएको रक्तिम सांस्कृतिक अभियानको टोलीले कञ्चनपुर, सुर्खेत अर्घाखाँची, काठमाडौमा आफ्नो प्रस्तुती प्रदर्शन गरिसकेको छ । अभियानको चैत्र ९ गते बुटबलमा समापन हुने आयोजकले जनाएको छ ।
















प्रतिक्रिया