नयाँदिल्ली, १० वैशाख । भारतमा काेराेना भाइरस (काेभिड १९) बाट सङ्क्रमित हुनेकाे सङ्ख्या १९ हजार नाघेकाे छ ।
भारतकाे परिवार एवं केन्द्रीय स्वास्थ्य कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म १९ हजार ९ सय ८४ जनामा काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे छ ।
काेराेनाका कारण भारतमा ६ सय ४० जनाकाे ज्यान गएकाे छ भने स्वास्थ्य मन्त्रालयकाे वेबसाइटका अनुसार सङ्क्रमितमध्ये तीन हजार आठ सय ६९ जना उपचारपछि निकाे भएका छन् ।
साथै भारतमा काेराेना परीक्षणका लागि प्रयाेग हुने र्यापिड डायग्नाेस्टिक टेस्ट (आरडीटी) बाट सही नतिजा नआएपछि दुई दिनका लागि आरडीटीबाट गरिने काेराेना परीक्षण राेक्न भनिएकाे छ । एक पटक किटकाे जाँच गरिने र त्यसपछि मात्र परीक्षणकाे अनुमति दिने बताइएकाे छ ।















प्रतिक्रिया