भरतपुर, १० वैशाख । चितवनको भरतपुर कोरोना परीक्षण प्रयोगशालामा कीट अभाव भएको छ ।
आरटी पीसीआर मेसिनबाट कोरोना परीक्षण हुँदै आइरहेको भरतपुरमा आइतबार बेलुकीदेखि कीट अभाव भएको भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिए ।
उनले संघीय सरकारसंग कीट माग गरी सकिएको बताए । ‘कीट माग गरि सकेका छौं’, उनले भने, ‘ भोलिसम्ममा आउँछ की भन्ने विश्वास छ ।’
तत्कालका लागि केही कीट हेटौंडाबाट मगाइएको उनले बताए । उनले चितवनमा ¥यापिड डाइग्नोष्टिक टेस्ट कीट समेत अभाव रहेको उनले जानकारी दिए ।
भरतपुर कोरोना परीक्षण प्रयोगशाला हाल भरतपुर अस्पतालको मातहतमा संचालनमा छ । अध्यक्ष डा.अधिकारीले अहिले पनि केही व्यक्तिहरू कोरोना परीक्षण गर्नका लागि अस्पताल आएको बताए ।
उनले क्वारेन्टाइनमा बस्न सल्लाह दिँदै तत्कालका लागि केहीलाई घर नै पठाइकोे बताए ।











प्रतिक्रिया