८ मंसिर २०८३, मंगलबार

लकडाउन उल्लंघन गरेर राहत वितरण गरेपछि ज्ञानेन्द्र शाही पक्राउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । भ्रष्टाचार विराेधी अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाहीलाई ललितपुर प्रहरीले पक्राउ परेको छ ।

लकडाउन उल्लंघनको आरोपमा प्रहरीले पक्राउ गरेकाे बताएको छ । लकडाउन उल्लंघन गरेपछि शाहीलाई ललितपुरको सुनाकोठीबाटबाट मंगलबार नियन्त्रणमा लिएको प्रहरी परिसर ललितपुरका एसएसपी टेक राईले जानकारी दिए ।

लकडाउन उल्लंघन गरेर शाहीले के गरे भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन । केही दिनअघि शाहीले राहत बाँडेका थिए । राहत नबाडन ललितपुर प्रहरीले भनेकाे स्वयं शाहीले फेसबुक लाईभबाट बताएका थिए ।

शाहीलाई पक्राउ गर्न दुई पटक गरि उनी बस्ने घरमा प्रहरी पुगेपछि स्थानीय तथा घरबेटी बिराेध जनाएका थिए । शाही नभेटिएपछि उनका घरबेटीलाई नै प्रहरीले साेधपुछका लागि प्रहरी परिसर ललितपुर ल्याएको थियाे ।

प्रहरी नियन्त्रणमा रहेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शाहीले लकडाउन उल्लंघन गरेर के कति गल्ती गरे भन्ने बारे खुलाईएकाे छैन ।

स्थानीय प्रशासनकाे अनुमति नलिएर राहत वितरण गरेकाे अभियाेगमा शाहीलाई पक्राउ गरेकाे उनका निकटका साथीहरूले फेसबुकमा जनाएका छन् ।