
काठमाडौँ, ९ वैशाख । गृह मन्त्रालयले नेपाल प्रहरीका १९ जना एसपीलाई एसएसपीमा बढुवा गरेको छ । बढुवाका लागि ४० जना एसपीमध्ये १९ जना बढुवा भएका हुन् ।
मंगलवार गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले १९ जना एसपीहरुलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारीस हुने एसपीहरुमा विरेन्द्र बस्याल, नवराज भट्ट,जनक भटराई, कुवेर कठायत, भरत बोहरा,दुर्गा सिंह, किरण राणा, विष्णु कुमार केसी,केदार ढकाल, रविन्द्र केसी,राजेश बांस्तोला,सुदिप गिरी, कृष्ण कुमार महत र लालमणी आचार्य रहेका छन् ।
पछिल्लो ब्याचबाट एसपी हृदय थापा, अशोक सिंह, यज्ञविनोद पोखरेल , राजकुमार वैदवार ,मुकेश सिंह र चन्द्र खापुङ बढुवा सिफारीस भएका छन् ।
हेर्नुस् को को भए बढुवा :
















प्रतिक्रिया