
काठमाडौँ, ९ वैशाख । काठमाडौँमा दुई जना नर्सहरुको आरडीटीमा कोरोना पोजेटिभ देखिएको छ । त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयमा कार्यरत २ जना नर्समा कोरोना परीक्षणमा पोजेटिभ देखिएपछि पीसीआर परीक्षण गरिने भएको छ ।
हाल उनीहरु दुवै जना टेकु अस्पतालको आइसोलेसनमा रहेका छन् । पीसीआर परीक्षणबाट मात्रै कोरोनाको अन्तिम पुष्टि हुने गर्छ ।
मंगलबारमात्रै ११ जना नयाँ कोरोना संक्रमित थपिएर नेपालमा संक्रमितको संख्या ४२ पुगेको छ । अहिलेसम्म ५ जना निको भएर घर फर्केका छन् ।















प्रतिक्रिया