
काठमाडौँ, ९ वैशाख । प्रदेश एकको सरकारले उदयपुरलाई पूर्ण रुपमा सिल गरेको छ । मंगलबार त्यहाँ ११ जनामा थप नयाँ कोरोनाभाइरस संक्रमित भेटिएसँगै सरकारले जिल्लालाई सिल गर्ने भएको हो ।
योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । थप जिल्लाबासीमा संक्रमण नपुगोस् भनेर सिल गरिएको जनाइएको छ ।
भुल्केको एक मस्जिदमा रहेको १६ मध्ये १३ जना मुस्लिम समुदायका मानिसमा कोरोना पुष्टि भएको थियो । मंगलबार तिनैसँग सम्पर्कमा आएका थप ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।















प्रतिक्रिया