३ कार्तिक २०८३, मंगलबार

आर्सनलका खेलाडी र प्रमुख प्रशिक्षककाे पारिश्रमिक कटौती

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ९ वैशाख । इंग्लिस प्रिमियर लिग फुटबल क्लब आर्सनलका खेलाडी र प्रमुख प्रशिक्षकले पारिश्रमिक कटौतिका लागि सहमति जनाएका छन् ।

कोरोना भाइरसको महामारीका कारण खेल रोकिँदै क्लबलाई परेको आर्थिक भारमा सहयोग गर्ने उद्देश्यले खेलाडी तथा प्रशिक्षक मिकेल आर्तेता १२.५ प्रतिशत पारिश्रमिक कटौति गर्न सहमत भएका हुन् ।

उनीहरु वार्षिक पारिश्रमिकमा साढे १२ प्रतिशतको कटौति गर्न स्वतन्त्र रुपमा सहमत भएको जनाइएको छ । क्लबका प्रमुख कोचिङ्ग स्टाफहरुले पनि पारिश्रमिक कटौति गर्न सहमति जनाएका छन् ।