२ कार्तिक २०८३, सोमबार

राष्ट्रपति भण्डारीले गरिन् दुई अध्यादेश पारित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश पारित गरेकी छन् ।

सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेका दुई अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् ।

मन्त्रिपरिषदद्धारा पारित राजनीतिक दल विभाजन र सैंविधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले आजै साँझ पारित गरेकी हुन् ।

आजकै मन्त्रिपरिषद बैठकले पार्टी विभाजन गर्न केन्दीय समिति वा संसदीय समितिमध्ये एकबाट ४० पतशित भए पुग्ने निर्णय गरेको छ । वर्तमान अवस्थामा भने केन्दीय समिति र संसदीय समिति दुवैमा ४० पतिशत आवश्यक थियो ।

त्यस्तै संवैधानिक परिषदको बैठकमा गणपूरक संख्या पाँच जनाबाट घटाएर चार जना बनाउने अध्यादेश पनि मन्त्रिपरिषद्ले पारित गरेको थियो ।

मन्त्रिपरिषदले ति अध्यादेश पारित गरेको केही घण्टा पछि नै राष्ट्रपतिले पारित गरिन् ।

पारित भएको अध्यादेश राज पत्रमा पकाशन गर्ने तयारी भइरहेको जनाइएको छ ।