
रौतहट, ८ वैशाख । रौतहटको गुजरा नगरपालिका वडा नं—४ जंगलसहीया नजिकै लालबकैया खोला छेउमा सशस्त्र प्रहरीको गस्ती टोलीले लागुुऔषध गाँजा बरामर गरेको छ ।
सशस्त्र प्रहरी ११ नम्बर गणका प्रमुख एसपी रविनराज कर्णजितको कमाण्डमा गएको टोलीले गुुजरा नगरपालिका वडा नं—४ लालबकैया नदिको किनारमा साढे ९ किलो गाँजा बरामद गरेको हो ।
लकडाउनको अवस्था बारे गौर,बौधीमाई,बिजयपुर हुँदै जंगलसहीया तर्फ अनुगमन गर्दै जाने क्रममा आईतबार साँझ एक नम्बर नखुलेको मोटरसाईकलमा एक पोका बोकेर एक जना मानिस सिम्रीटोल बाट पेटभरवा गाँउतर्फ गईरहेका थिए ।
प्रहरीको गाडी हेरेर टाढैं बाट पोका फालेर मोटरसाईकल चालक भागेपछी संकाको आधारमा चेकजाँच गर्दा उक्त गाँजा बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी कर्णजितले बताएका छन् ।
बरामद गाँजा सोमबार आवश्यक कार्यवाहीको लागी जिल्ला प्रहरी कार्यालय रौतहटमा बुुझाईएको सशस्त्र प्रहरी ११ गण्ले जनाएको छ ।















प्रतिक्रिया