८ मंसिर २०८३, मंगलबार

कोरोना भाइरस : सरकारले गरेको एउटा स्वागतयोग्य निर्णय

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ वैशाख । लक डाउनका बेला आलोचना भइरहेको प्रहरी प्रधान कार्यालयको एउटा निर्णय उल्टाउँदै सरकारले स्वागतयोग्य काम गरेको छ ।

कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कट्टी गर्ने बहस चलिरहेका बेला प्रहरी प्रधान कार्यालयले पदीय हैसियतअनुसारको तलब कट्टी हुने व्यहोराको परिपत्र गरेको थियो ।

उक्त परिपत्र कार्यान्वयनमा नआउनेगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले अर्को निर्णय गरेको हो ।

संकटको समयमा अग्रपंक्तिमा खटिएकाहरूको तलब कट्टी गर्दा उनीहरूको मनोबल खस्कने भन्दै चौतर्फि आलोचना भएपछि यसलाई स्वैच्छिक बनाउने निर्णय गरिएको उच्च स्रोतले जनायो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यसबारे सबै निकायलाई पत्राचार गरिसकेको जनाएको छ ।

सरकारले निजामती कर्मचारीतर्फ विशिष्ट श्रेणी र राजपत्रांकित कर्मचारीको सात दिनको, राजपत्रांकित द्वितीय तह र तृतीय तहका कर्मचारीको पाँच दिनको र राजपत्रअनंकित र श्रेणीविहीन कर्मचारीको तीन दिनको तलब कट्टी गर्ने निर्णय गरेको थियो ।