१ कार्तिक २०८३, आइतबार

नाेबेल पुरस्कार विजेता वैज्ञानिकले भने, ‘काेराेना भाइरस मान्छेले प्रयाेगशालामा बनाएकाे हाे’

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ८ वैशाख । कोरोना भाइरस प्राकृतिक रुपमा उत्पत्ति नभै मानिसले बनाएको हो कि भनेेर अनुमान गर्नेहरू धेरै छन् ।

वैज्ञानिकले बनाएको भाइरस जानाजान हावामा छोडिएको हुन सक्ने कतिपयको आशंका छ । कतिपयले त्रुटीका कारण मानिसमा सरेको भनिरहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त पटक पटक कोभिड १९ चिनले बनाएको आरोप लगाइरहेका छन् । अमेरिकाकाे आरोप र अनुमानकाबीच नाेबेल पुरस्कार प्राप्त एक वैज्ञानिकले पनि भाइरस प्रयोगशालाबाट निर्माण भएको दाबी गरेका छन् ।

फ्रान्सका सरुवा रोग विशेषज्ञ तथा चिकित्साशास्त्रका तर्फबाट नोबेल पुरस्कार विजेता वैज्ञानिक लुक मोंतानिए (Luc montagnier) ले कोरोनाभाइरस महाव्याधि प्रयोगशालामा बनाइएको दाबी गरेका हुन् ।

चिनियाँ प्रयोगशालामा एड्स भाइरसको खोप बनाउने क्रममा सार्स–कोभ–२ भाइरस बन्न पुगेको उनले बताएका छन् ।

फ्रान्सको एउटा मेडिकल पोडकास्टमा कुरा गर्दै सन् २००८ का नोबेल पुरस्कार विजेता मोंतानिएले कोरोनाभाइरसको जिनोममा एचआईभीका तत्त्व र मलेरियाको कीटाणु पाइएकाले यो प्राकृतिक रूपमा आयो भन्ने विषयमा शंका उत्पन्न गराएको बताए ।

कोरोनाभाइरसहरूको विशेषज्ञता हासिल गरेको वुहान नेसनल बायोसेफ्टी ल्याबोरेटोरीमा औद्योगिक दुर्घटना भएको र भाइरस त्यहाँबाट बाहिर आएको मोंतानिएले बताए ।

अमेरिकाले चीनको प्रयोगशालाबाट भाइरस बाहिर आएको हुन सक्ने विषयमा अनुसन्धान शुरू गरिरहेको बेलामा मोंतानिएको भनाइ सार्वजनिक भएको हो ।

अमेरिकाका राष्ट्रपति ट्रम्पले केही दिनअघि भाइरस चीनले बनाएर फैलाएको आशंकामा अनुसन्धान गरिरहेको बताएका थिए ।