काठमाडौँ, ७ वैशाख । कोरोना संक्रमित कैलालीका २१ वर्षीय युवाले कोरोनालाई जितेका छन् । लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरका ति युवा उपचारपछि कोरोनालाई जितेर निको भई घर फर्किएका छन् ।
चैत २२ गते कोरोना पोजेटिभ देखिएका राज विकको दुईपटक पीसीआर परीक्षण गर्दा पनि नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको अस्पतालले जनाएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि उनी धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए । उनी आज कोरोना संक्रमणबाट निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनलाई अस्पतालकै गाडीमा राखेर घर लगिएको छ ।
हिजाे मात्रै अन्य दुइ जना काेराेना संक्रमित निकाे भएर घर फर्केका थिए । नेपालमा जम्मा ३१ जना काेराेना संक्रमितमध्ये ४ जना निकाे भइसकेका छन् ।















प्रतिक्रिया