२ कार्तिक २०८३, सोमबार

कोभिड १९ बाट बच्न औषधि बिक्रेताका लागि नयाँ निर्देशिका

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ वैशाख । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिनको लागि औषधि बिक्रेताका लागि नयाँ निर्देशिका जारी गरिएको छ । औषधि बिक्रेता र सम्बन्धित पेशागत संस्थाहरुद्धारा कोभिड १९ सम्बन्धी निर्देशिका तयार गरेका हुन् ।

औषधि बेच्दा कसरी बच्ने ? के कस्ता सावधानीहरु अपनाउने भन्ने विषय निर्देशिकामा समेटिएको छ ।

उनीहरुले तयार गरेको निर्देशिका स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई समेत बुझाएका छन् ।

निर्देशिका बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रणका लागि सबैले आआफ्नै ठाउँबाट सहयोग गर्नुपर्ने बताए । निर्देशिकाले आवश्यक थप रणनीति तय गर्न सरकारलाई सहयोग पुर्याउने पनि मन्त्री ढकालले जनाए ।