
काठमाडौँ, ६ वैशाख । प्रमुख प्रतिपक्षी पार्टी नेपाली काँग्रेसले सर्वदलीय समिति गठन गर्न माग गरेको छ ।
शनिबार दलका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारीको बैठकले राहत वितरणका लागि सर्वदलीय समिति बनाउन माग गरेको हो ।
बैठकले राहत वितरणमा पक्षपात भएको ठहर गर्दै सरकारसँग सर्वपक्षीय समिति बनाउन आग्रह गरेको हो ।
त्यस्तै, बैठकले समस्यामा परेका मानिसहरुलाई तुरुन्तै व्यवस्थापन गर्न पनि सरकारसँग आग्रह गरेको छ ।
त्यसैगरी, कोरोना संक्रमण परीक्षणको दायरा पनि विस्तार गर्न कांग्रेसले माग गरेको छ ।
बैठकमा सभापति देउवा, उपससभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्कालगायत नेताहरुको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया