२ कार्तिक २०८३, सोमबार

हावाहुरी र असिनाका कारण मकै बाली नष्ट, अधिकांश स्थानमा विद्युत आपूर्ति ठप्प

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 रौतहट, ६ वैशाख । कोरोना भाइरसका कारण लकडाउन झेलिरहेका किसान थप समस्यामा परेका छन् । लकडाउनका कारण कमाईको आस छाडेर खेतमा लगाएको बालिको आसमा बसेका किसानलाई सो आस पनि निराशमा परिणत भएका छन् ।

वर्षासँगै आएको हावाहुरी र असिनाका कारण रौतहटमा ठुलो क्षति पुगेको छ भने जिल्लाको अधिकांश स्थानमा विद्युत् आपूर्ति ठप्प भएको छ ।

शुक्रबार राति करिब साढे ८ बजेको समयमा वर्षासँगै आएका हावाहुरी र अशिनाले रौतहटको विभिन्न स्थानमा घरको छाना उडाउनुका साथै रुख तथा दर्जनौँ विद्युतको पोल समेत ढालेको छ । वर्षासँगै आएका असिनाका कारण रौतहमा टालिबाट छाइएको घर बढी प्रभावित भएको देखिएको छ ।

टालिबाट छाइएको घरका टालि असिनाले फुटेर घरमा भएको सम्पुर्ण समाग्री पानिले भिजेर र हावाहुरीले उडायर नष्ट भएको छ ।

यस्तै वर्षासँगै आएको हावाहुरी र असिनाका कारण रौतहटको उतरी भेगमा किसाले लगाएको मकै बाली पनि पुर्ण रुपमा नष्ट भएको हो ।

किसानले लगाएको मकै बाली कामै नलागने जस्तै अशिनाले नष्ट गरेको चन्द्रपुर ९ का स्थानीय वासिन्दा राम लोचन चौधरीले बताएका छन् ।

चौधरीका अनुसार चन्द्रपुर नगरपलिका वडा नं—९ चेतनगरमा करिब १ हजार विघा मकै बालि असिनाले ध्वस्त परेको छ भने सयौं घरका छाना समेत उडाएको बताएका छन् ।

यता चन्द्रपुर नगरपालिका वडा नं—१० मा किसानले लगाएको करिब १२ सय बिघा मकै बाली नष्ट भएको र ५ सय भन्दा बढी घर धुरीको घरका टालि फुटाएको र घरको छाना समेत उडाएको चन्द्रपुर १० का स्थानिय बासिन्दा प्रकाश निर्माणीले बताएका छन् ।

वर्षासँगै आएको हावाहुरी र अशिनाका कारण रौतहटको बृन्दावन नगरपालिका पनि ठुलो क्षती भएको बताइएको छ ।

बृन्दावन नगरपालिका वडा नं—१ स्थित बलरीमा किसानले लगाएको करिब ८ सय बिघा मकै बालि असिनाका कारण नष्ट भएको स्थानीय वासिन्दा बच्चु पटेलले बताएका छन् ।

वर्षासँगै आएको हावाहुरी र असिनाका कारण क्षती भएको स्थानमा तत्काल स्थानीय तहबाट अनुगमन गर्नु पर्ने बुद्धिजिविहरुको भनाई रहेको छ ।