
काठमाडौँ, ५ वैशाख । उदयपुरमा १२ जना कोरोना संक्रमितलाई विराटनगर अस्पताल पठाइने भएको छ । उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका उनीहरुमा शुक्रबार नै कोरोना संक्रमणको पुष्टि भएको थियो ।
उनीहरू मोरङ, सुनसरी, सप्तरी हुँदै गत चैत ७ गते उदयपुर पुगेका थिए ।
उनीहरू अहिले मस्जिदमै छन् ।
आज एकैदिन १४ जनालाई कोरोना संक्रमित देखिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।















प्रतिक्रिया