२ कार्तिक २०८३, सोमबार

लामो दुरी हिँड्न नदिइने सरकारको निर्णय, खाना बस्नको व्यवस्था मिलाइने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ वैशाख । कसैलाई पनि हिँडेर जान नदिन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीको उपस्थितिमा बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकमा कसैलाई पनि लामो दूरीमा हिँडेर जान नदिने निर्णय गरेको हाे ।

बालुवाटारमा शुक्रबार भएको समन्वय समितिका सदस्यहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।

छलफलमा जो जहाँ छ त्यहीँ सुरक्षित भएर बस्न निर्देशन दिँदै यदि खाना बस्न समस्या परे सरकारले नै व्यवस्था गर्न पनि प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् ।

लकडाउन लम्बिएसँगै निकै लामो दुरी पैदल हिँडेर नागरिक घर जान थालेपछि सरकारले यस्तो निर्णय गरेको हो ।