२ कार्तिक २०८३, सोमबार

नेपालमा एकै दिनमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ वैशाख । नेपालमा आज एकैदिनमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको मस्जिदमा लुकेर बस्ने १२ जना भारतीय र चितवनमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा १२ जना लुकेर बसेका थिए । स्वाब परीक्षण गर्दा उनीहरुमध्ये १२ जनाको कोरोना पोजेटिभ पाइएको हो ।

उनीहरु मस्जिदमा लुकेर बसेको सूचनाका आधारमा सुरक्षाकर्मीसहितको टोलीले मंगलबार स्वाब संकलन गरेको थियो ।

उनीहरुको स्वाबको परीक्षण कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको थियो ।

शुक्रबार नै चितवनमा २ जना कोरोना संक्रमित थपिएका छन् । चितवनको राप्ती नगरपालिका ८ का आमा छोरा हुन् । उनीहरु बेलायतबाट आएका थिए ।

यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ३० पुगेको छ ।