२ कार्तिक २०८३, सोमबार

शुल्क नबुझाए पनि इन्टरनेट अवरुद्ध नगर्न निर्देशन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ वैशाख । लकडाउनका समयमा इन्टरनेटको लाइन नकाट्न नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

केही इन्टनेट सेवा प्रदायकले समयमा महशुल भुक्तानी नगरेको कारण सेवा अवरुद्ध गरेको भन्ने गुनासो आएसँगै प्राधिकरणले शुक्रबार एक सूचना जारी गरेर लकडाउनका समयमा इन्टरनेट सेवा सूचारु राख्न निर्देशन दिएको हो ।

अनलाइन महशुल भुक्तानीको व्यवस्था मिलाउन पनि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई आग्रह गरेको छ ।

त्यस्तै, प्राधिकरणले शुल्क तिर्न असमर्थ रहेकाहरुको समेत इन्टरनेट सेवा अवरुद्ध नगर्न र लकडाउनपश्चात अतिरिक्त शुल्क नलिई भुक्तानी लिन पनि निर्देशन दिएको छ ।