
– बीरबहादुर गिरी
जाजरकोट, २६ फागुन । जाजरकोटमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेकपा एमालेमा विलय भएको छ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आथित्यतामा राप्रपा जाजरकोटको सिंगो पार्टी एमालेमा समाहित भएको हो ।
अध्यक्ष कमानबहादुर खड्कासहित सिङ्गो जिल्ला कार्य समिति र सम्पूर्ण जनवर्गीय संगठनहरु एमालेमा समाहित गरिएको छ । ५ सय बढी राप्रपाका नेता तथा कार्यकर्ताहरुलाई एमाले बरिष्ठ नेता नेपालले पार्टीमा प्रबेश गराएका छन् ।
नेकपा एमाले जाजरकोटद्वारा आयोजित पार्टी प्रबेश तथा स्वागत कार्यक्रममा नेपाली काँग्रेस र माओबादीबाट समेत सयौंले एमाले प्रबेश गरेका छन ।
कार्यक्रममा नेता नेपालले अब मुलुकले छिट्टै संबिधान पाउने बताए । संबिधान निर्माणका लागि अधिकतम सहमतिको प्रयास गरिने तर सहमति नभए प्रक्रियामा गएर पनि संबिधान जारी गर्ने उनको दाबी छ ।















प्रतिक्रिया