२ कार्तिक २०८३, सोमबार

गोरु काटेको अभियोगमा ७ पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

खोटाङ, ५ वैशाख । प्रहरीले गोरु काटको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।

हलेसी तुवाचुङ नगरपालिका ५ मयांखुबाट गोरु काटेको अभियोगमा सोही ठाउँ बस्ने लिला बहादुर खड्का समेत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा गोरु काटेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले उनीहरुलाई गोरु काटिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।