
-महेश सिंह
सिरहा, ५ वैशाख । सिरहाको कल्याणपुर नगरपालिकामा लामखुटे मार्ने औषधी छर्ने काम सुरु भएको छ् । गर्मी याम बढेसँगै झिँगा, लामखुटे विभिन्न प्रजातिका किराहरुको प्रकोप बढेको छ ।
सिरहा र धनुषा जिल्लाको सिमानामा पर्ने कमला नदिको नजिकै पर्ने गाउँहरुमा लामखुटे, झिँगा विभिन्न प्रजातिका किराहरु गाउँमा देखा पर्ने गरेको देखिएको छ ।
गाउँको नजिकै कमला नदि रहेकोले राती सर्प, झिँगा, लामखुटे लगायत अनेकौँ प्रजातिका किराहरु भेट्ने गरेको स्थानीयहरुको भनाई छ ।
साँझ पर्ने बितिकै उक्त किसिमको किराहरुको जोखिमको मुखा बस्दै आएको पीडितहरुको भनाई छ् । कल्याणपुर नगरपालिका भित्र रहेका ५ र ६ नम्बर वडा अति चपेटाको मार्म परेको बताउँछन् ।
यो वडा भित्र पर्ने गाउँहरु चिकना, भोकराहा, निर्दाना, बिश्न्पुरपरारा लगायत गाउँ अति जोखिममा रहेका छन् । उक्त गाउँहरुको चारैतिरबाट नदिले नै घेरिएको देखिन्छ ।
गाउँको पश्चिम्मा कमला नदि, पुर्व बतहा नदि, दक्षिणमा भेडवा खोला र उतरमा कमला र भेडवा खोलाको चपेटामा छन् ।
वडा नम्बर ५ का अध्यक्ष दिपेन्द्र यादवले व्यक्तिगत आर्थिक सहयोगमा उक्त जोखिमलाई उन्मुलन गर्न करीब २ दुई हजार प्याकेट रिभिबल नाम गरेको औषधी छरेको यस्तोको प्रतिक्रिया राम्रो रहेको दिपेन्द्र यादवले बताए । वडा नम्बर ५ मा आठ सय पचास घरधुरी र वडा नम्बर ६ तिन सय पचास घरघुरीमा छर्ने काम गरेको छ ।
स्थानीय समाज बादी पार्टीका युवा नेता तथा गाउँपालिकाको वडा प्रत्यासी बिशेश पललमा औषधी छर्ने काम भएको छ । गाउँमा औषधी छर्दा स्थानीयहरु खुशी भएका छन् ।
कल्याणपुर नगर पालिका का मेयर सुर्यनाथ मंडलको नगरपालिकाबाट अर्थिक सहयोग न रहेको कुशेश्वर साहले जानकारी दिए ।















प्रतिक्रिया