१ कार्तिक २०८३, आइतबार

बेलायतमा लकडाउन कम्तीमा तीन हप्ता लम्बिने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ५ वैशाख । कोरोना भाइरसको संक्रमणबाट अति प्रभावित देशहरूको अग्रपंक्तिमा रहेको बेलायतमा लागू भएको लकडाउन कम्तीमा थप तीन हप्तलम्बिने भएको छ ।

सुरक्षात्मक उपायहरू खुकुलो पार्दा जनस्वास्थ्य र अर्थतन्त्रमा खतरा पर्ने निश्कर्ष निकाल्दै बेलायतले लकडाउनको लम्ब्याउन लागेको हो ।

दैनिक ब्रिफिङका क्रममा विदेशमन्त्री डोमिनिक राबले भने, “हाम्रो संक्रमणदर घट्नु पर्नेजति घटेको छैन, त्यसैले लकडाउन लम्ब्याउनुको विकल्प पनि छैन ।”

कोरोना भाइरसको संक्रमणलाई थप फैलिन नदिन भन्दै बेलायतमा गत मार्च २३ मा लकडाउनको घोषणा गरिएको थियो । बेलायतमा कोरोनाका कारण अहिलेसम्म १३ हजार ७ सय २९ जनाको मृत्यु भइसकेको छ भने लाखौँ संक्रमित भएका छन् ।

विदेश मन्त्री राबले हाल बेलायतमा संक्रमणको अवस्थाखतरापूर्ण र नाजुक अवस्थामा रहेको बताएका छन् ।