२ कार्तिक २०८३, सोमबार

र्‍यापिड टेस्टमा पोजेटेभि भनिएको झापाका युवकको पीसीआरमा कोरोना नेगेटिभ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-एसपी उप्रेती

झापा, ३ वैशाख । झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा र्‍यापिड डाइग्नाेस्टिक टेस्टमा कोरोना पोजेटिभ देखिएको भनिएकोमा पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएको छ ।

कोशी अञ्चल अस्पताल विराटनगरले रिपोर्टमा कोरोना संक्रमण नभएको पुष्टि गरेकाे छ।

वुधबार उक्त व्यक्तिको आरडीटी परीक्षण पोजेटिभ देखिएको भनेर सामाजिक सञ्जालमा हल्ला फैलिएको थियो । यद्यपि जिल्ला स्वास्थ्य कार्यालयले भने त्यसको पुष्टि गरेको थिएन ।

रिपोर्टमा आशंका भएपछि स्वाब संकलन गरेर पुनः परीक्षणका लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जनाएका थिए ।

रिपाेर्ट :