८ मंसिर २०८३, मंगलबार

बुढानिलकण्ठकी एक महिलामा र्‍यापिड टेस्टमा कोरोना एन्टिबडी पाेजेटिभ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । बुढानिलकण्डमा एक महिलामा ¥यापिड टेस्टका क्रममा कोरोना एन्टिबडी पोजेटिभ देखिएको छ ।

ती महिला २८ दिनअघि इटालीबाट आएको बताइएको छ । उनलाई टेकु अस्पताल भर्ना गरिएको छ । उनलाई हिजो साँझ टेकु अस्पताल भर्ना गरिएको छ ।

महिला नेपाल आएर सेल्फ क्वारेन्टाइनमा बसिरहेकी थिइन् । कुनै व्यक्तिलाई कोरोना संक्रमण भएपछि त्यसविरूद्ध लड्न शरीरले एन्टीबडी उत्पादन गर्छ।

एन्टिबडीले कोरोनाभाइरसलाई नष्ट गरिसकेपछि पनि शरीरमा एन्टिबडी कायमै रहन्छ।