देशका विभिन्न ठाउँमा लक डाउन तोडेको भन्दै नेपाल प्रहरीका विभिन्न इकाईले नागरिकलाई यातना दिएका विवरण सार्वजनिक हुनु दुखदायी छन् । प्रहरीको हातमा भएको लाठी र साथमा भएको हतियारको प्रयोग, उपयोग गर्नै नहुने भन्ने होइन तर परिस्थितिविपरित मनपरी गर्ने छुटका लागि नभएको स्मरण होस् । कोरोना भाइरस संक्रमणको तिव्रता रोक्नका लागि सरकारले गरेको लक डाउनलाई कफ्र्युको दर्जामा राख्न मिल्दैन । प्रहरीमाथि प्रत्याक्रमण बढ्नुको उपज पनि प्रहरीको सिधा आक्रमण एउटा कारणका रुपमा सतहमा देखिएकै छ ।
अहिले जटिल अवस्था रहेका कारण नागरिक सडकमा ओहोर दोहोर किन गरिरहेका छन् भन्ने विषयको खोजी गर्नु र तिनलाई नियन्त्रणमा राखी सोधीखोजी गरी सम्भावित जोखिममा रहेको पाइए नजिकको स्वास्थ्य निकायमा बुझाउने या सम्बन्धित स्थानीय, प्रदेश वा संघीय सरकारलाई जिम्मा लाउने भन्दा अन्य विकल्प प्रहरीसँग छैन, त्यसबाहेकको यातना वा सजायको विकल्प प्रहरी होइन हेक्का हुनुपर्छ ।
राज्य कमजोर हुनुको नियती नागरिकको बाध्यताले भोग्नु भनेको प्रजातान्त्रिक मुलुकमा प्रशासनले जबरजस्त दमन गरेकै ठहर्छ । त्यसैले पनि यस्तो महासंकटका बेला नागरिकलाई नियन्त्रणमा राख्ने वा लक डाउनको निर्णय पालना गराउनका निम्ति अनेक उपाय छन् प्रहरी त्यतातिर अभ्यस्त होस्
स्वभाविक रुपमा यो महामारीमा सरकारले गरेको निर्णयको पहरेदारी र नियन्त्रणका लागि प्रहरी अहोरात्र खटेको विषयलाई नजरअन्दाज गरिनु हुन्न । यसमा प्रहरी प्रशंशाको निकाय हो तर उसले पाएको जिम्मेवारी आवेगको परिणाम दर्शाउने यातना दिने या त्रास, प्रताडना र सामान्य आवश्यकतासम्मको चपेटामा परेका नागरिकमाथि बर्साउने डन्डा सामाधान होइन । राज्य कमजोर हुनुको नियती नागरिकको बाध्यताले भोग्नु भनेको प्रजातान्त्रिक मुलुकमा प्रशासनले जबरजस्त दमन गरेकै ठहर्छ । त्यसैले पनि यस्तो महासंकटका बेला नागरिकलाई नियन्त्रणमा राख्ने वा लक डाउनको निर्णय पालना गराउनका निम्ति अनेक उपाय छन् प्रहरी त्यतातिर अभ्यस्त होस् ।
राज्यले गरेका, सरकारले दिएका निर्देशन पालना गराउने र जनतासँग प्रत्यक्ष जोडिने निकाय प्रहरी भएका कारण कर्तव्य पालना गर्ने काम अनिवार्य हुन्छ । तर नागरिकमाथि कस्तो व्यवाहार गर्ने भन्ने विषयको जिम्मेवार पनि प्रहरी नै हो । प्रहरी प्रधान कार्यालयले प्रहरी मेरो साथी भन्ने स्लोगनलाई पूर्णत पालना गराउने र आलोचनामुक्त हुने हो भने आजकै मितिदेखि आफ्ना प्रत्येक युनिटमा नागरिकमाथि लाठी प्रहार नगर्नका लागि सकुृलर जारी गरोस्, गरेको पाइए वा त्यस्तो प्रमाण भेटिए कस्तो कारबाही गरिने त्यसको पनि सूचना जारी गरोस् ।











प्रतिक्रिया