रौतहट, २६ फागुन । रौतहटको गङ्गापिप्रा गाविस-९ मा आज दिउँसो आगलागी हुँदा छ वटा घर पूर्णरुपमा जलेर नष्ट भएका छन् ।
दिउँसो १२ बजे स्थानीय जोगेन्द्र पासवानको घरबाट सल्किएको आगोबाट करिब रु १५ लाखबराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आगोबाट सुरेन्द्र पासवान, जोगिन्द्र पासवान, महेन्द्र पासवान, रकटु पासवानलगायतको घर जलेको छ ।
आगलागीमा परी स्थानीय लखन पासवानको रु एक लाख २५ हजार नगदसमेत नष्ट भएको छ । आगोलाई स्थानीय बासिन्दा, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले निभाएका थिए ।
गौर नगरपालिकाको वारुण यन्त्रको सहयोगमा करिब एक घन्टापछि आगो नियन्त्रणमा लिइएको हो । आगलागीको कारण खुल्न सकेको छैन ।















प्रतिक्रिया