२ कार्तिक २०८३, सोमबार

सनसिटीका कोरोना संक्रमित सम्पर्कमा आएका कामपा–५ का ३९ जनाको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ वैशाख । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका दुई जना काठमाडौँ महानगरपालिकाको वडा नम्बर–५ को समेत सम्पर्कमा पुगेको जानकारीसँगै त्यहाँका ३९ जनाकाे र्‍यापिड टेस्ट गरिएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अपार्टमेन्टमा रहेका दुई संक्रमित चैत ९ गते वडा–५ मा उपस्थित भएको प्रमाणित भएसँगै वडा–५ का जनप्रतिनिधि, कर्मचारी र राहत वितरणमा खटेका सबैर्को र्‍यापिड टेस्ट गरेको जानकारी दिए ।

वडा नम्बर–५ का अध्यक्ष रमेश ढंगोलले पनि उनीहरु चैत ९ गते दिउँसो १२ बजेतिर छोरीको जन्मदर्ता गर्नका लागि वडाको सम्पर्कमा आएको र उनीहरुको काम सम्पन्न गरेर पठाएको जानकारी दिए ।

‘उहाँहरु चैत ९ गते १२ बजेतिर वडामा दुबै जना बुढाबुढी आउनु भएको थियो । हामीले उहाँहरुको काम गरेर चिया खुवाएर पठायौँ,’ डंगोलले भने, ‘पछि उहाँहरुमा कोरोना पोजेटिभ देखियो भनेपछि हामीले उहाँहरुसँग सम्पर्कमा रहेको आशंकामा यहाँका जनप्रतिनिधि, कर्मचारी र राहतमा खट्ने सबैकाे  र्‍यापिड टेस्ट गर्यौँ । उहाँहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।’

काठमाडौँ क्षेत्र नम्बर–५ का प्रदेश सांसद नारायण सिलवालले पनि ३९ जनाकाे  र्‍यापिड टेस्ट गरेको र सबैको रिपोर्ट नगेटिभ आएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । उनले आफू र वडाध्यक्षको समेत टेष्ट नेगेटिभ आएको जानकारी दिए ।