३ कार्तिक २०८३, मंगलबार

‘आइपीएल’ अनिश्चितकालका लागि स्थगित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । भारतमा हरेक वर्ष हुँदै आएको ‘ट्वेन्टी–२० फ्रेन्चाइज लिग’ इन्डियन प्रिमियर लिग (आइपीएल) अनिश्चितकालसम्मका लागि स्थगित भएको छ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले बुधबार बिहान कोरोनाभाइरसको महामारीका कारण आइपीएल अनिश्चितकालसम्मका लागि स्थगित गरेको जानकारी दिएको हो ।

बीसीसीआईले सहभागिता जनाउने आठै टिमलाई प्रतियोगिता स्थगित भएकोबारेमा जानकारी गराइसकेको छ ।

नेपाली स्पिन बलर सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सबाट तेस्रोपटक खेल्दैछन् ।

कोरोनाका कारण भारतमा वैशाख २१ गतेसम्मका लागि ‘लकडाउन’ गरिएको छ ।