८ मंसिर २०८३, मंगलबार

गाउँमा कोरोना पोजेटिभ देखिएपछि सप्तरीका दुई गाउँ पुरै सिल

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, ३ वैशाख । गाउँमा र्‍यापिड परीक्षणका क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएपछि सप्तरीका दुई गाउँ पुरै सिल गरिएको छ ।

बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले खड्क नगरपालिकाको वडा नम्बर ११ र तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १ लाई सिल गर्ने निर्णय गरेको हो ।

भारतको दिल्लीबाट आएका दुई युवामा कोरोना पोजेटिभ देखिएको थियो ।

दिल्लीबाट फर्केर घरमा बसिरहेका यी दुईसहित आठ जनालाई प्रहरीको टोलीले मंगलबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर र्‍यापिड परीक्षण गराएको थियो ।