इलाम, २६ फागुन । कलेज पढ्दा चिनजान भएको यी दुई तन्नेरी र किशोरीको । करिब १ वर्षदेखि प्रेम सम्बधमा रहेका यो जोडीलाई परिवारले साथ नदिएपछि संसारबाट विदा भएका छन् ।
प्रहरीका अनुसार २० वर्षीय किशोरी सिर्जना गजमेर र तन्नेरी ३८ वर्षीय सानबहादुर भण्डारीले परिवारले प्रेम प्रस्ताव अस्विकार गरेपछि झुण्डिएर संसार छाडेका छन् ।
झुण्डिएको अवस्थामा फेला परेका यो जोडीलाई प्रहरीले पोष्टमार्टका लागि अस्पताल पुर्याएको छ ।
२० वर्षीय किशोरी दिदिको घरमा बसेर नजिकैको क्याम्पसमा पढ्दै आइरहेकी थिईन् ।
तन्नेरी भण्डारी पेसाले व्यापारी हुन् । दिदिकै घर पढ्न आएकी किशोरीसंग भण्डारीको सामान्य चिनजान थियो ।
त्यो चिनजान प्रेममा परिणत भएर परिवारले अस्विकार गरेपछि आज संसारबाटै विदा लिएका हुन् ।
दुबैको शव परीक्षण लागि जिल्ला अस्पताल पठाइएको प्रहरी जवान अमितकुमार झाले जानकारी दिएका छन् ।















प्रतिक्रिया