
काठमाडौँ, २ वैशाख । काभ्रेपलाञ्चोक जिल्लामा दुई युवकमा आरडीटी किटबाट गरिएको परीक्षणमा कोभिड–१९ को नतिजा पोजिटिभ देखिएको छ ।
बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका वैदेशिक रोजगारीबाट फर्केका एक–एक जनामा कोरोना भाइरस कोभिड १९ पोजिटिभ देखिएको हो ।
मंगलबार गरिएको सो परीक्षणमा नतिजा पोजेटिभ देखिएको धुलिखेल अस्पतालले जनाएको छ ।
ती युवाहरुलाई हाल आइसोलेसनमा राखिएको छ भने पुन परीक्षणको लागि स्वाब संकलन गरेको काठमाडौँ ल्याउने तयारी भइरहेको जनाइएको छ ।















प्रतिक्रिया