२ कार्तिक २०८३, सोमबार

कोरोनाको संकटमा पनि गगन थापा राजनीति गरिरहेका छन् : अभिनेत्री रेखा थापा

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २ वैशाख । अभिनेत्री रेखा थापाले अहिले सरकारविरूद्ध लाग्ने सरकारविरुद्ध बोल्ने, औंला ठड्याउनेहरूले कहिल्यै केही गर्न नसक्ने बताएकी छन् । उनले मेरो फिल्म डट कमसँग कुरा गर्दै सो कुरा बताएकी हुन् ।

‘यतिबेला पक्ष प्रतिपक्ष सबैले सरकारले गरेको कामलाई हौसला दिएर सहयोग गर्नु पर्ने बेला हो तर एक आपसमा खुट्टा तानेर बसिरहेको देखिन्छन् । मान्छेहरु झन्डामुनि बसेर सरकारको बेइज्जत गरिरहेका छन् । त्यसले अन्तरराष्ट्रिय स्तरमा नराम्रो सन्देश जान्छ ।’ उनले भनिन् ।

त्यस्तै, उनले कांग्रेस नेता गगन थापाको गतिविधिको पनि टीप्पणी गरेकी छन् । अभेनेत्री थापाले भनेकी छन्, ‘नेता गगन थापाका सम्बोधन, तर्क र फेसबुक लाइभमा उनले गरेका कुराहरु पार्टीको झन्डामुनि बसेर गरिएको राजनीति हो । उहाँ स्वास्थ्य मन्त्री भइसकेको मान्छे हो, उहाँलाई सबै लुप होलहरु थाहा थियो, तर आफ्नो कार्यकालमा त्यस्तो के परिवर्तन भएको थियो र ? यो बेला पार्टीको झन्डामुनि बस्नुभन्दा पनि विश्व शान्ति र स्वास्थ्य को कामना गर्नु पर्ने हो ।’

त्यस्तै, कलाकार थापाले कोरोना भाइरसको संकटबाट पार पाउन सबैले एकजुट भएर सबैले आफ्नो आफ्नो तर्फबाट कार्य गर्नुपर्ने बताएकी छन् ।