२ कार्तिक २०८३, सोमबार

चन्द्रागिरिमा १७५ जनाको स्वाब परीक्षण, १७ जनाको पुनः परीक्षण गरिने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ वैशाख । चन्द्रागिरि नगरपालिकाले १७५ जनाको स्वाब परीक्षण गरेको छ । एपीएफ अस्पतालसँगको समन्वय र प्राविधिक सहयोगमा विदेशबाट आएका १७५ जनालाई होम क्वारेन्टाइनमा राखेर नगरपालिकाले परीक्षण गरेको हो ।

परीक्षण गरिएकामध्ये सबैको स्वास्थ्य सामान्य देखिए पनि १७ जनाको भने पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी गरिएको जनाइएको छ ।

चन्द्रागिरि नरपालिकामा फागुन र चैतमा विदेशबाट फर्किएकाहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।