२ कार्तिक २०८३, सोमबार

भुइमान्छेको भगवान बने संचारकर्मी घिमिरेको टिम

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २ वैशाख । यतिबेला कोरोना भाइरसका कारण विश्वभरको जनसंख्या तनावग्रस्त जिन्दगी जिउन बाध्य छन् । यसमा कुनै दुबिधा छैन । तर विश्वको यतिधेरै जनसंख्या कोरोनासँग डराएर बाँचिरहँदा यहि संसारमा यस्ता पनि मानिस छन् ।

जो खान पाएका छैन भोकै छन् । अनि कसैले उनीहरुको लागि केहीँ उपलब्ध गराउन सकेको छैन । जसलाई न कुनै रोगको प्रवाह छ न धन सम्पत्तिको । मात्र चिन्ता छ भोकको ।

ती मानिस हुन्, मानसिक सन्तुलन गुमाएका र सहरका सडकपेटिलाई आफ्नो बासस्थान बनाएका । उनीहरुलाई न कुनै रोगको प्रवाह छ, न कुनै पनि खाले प्राकृतिक विपत्तिको, प्रवाह छ त केवल भोकको प्यासको बस यति मात्रै ।

उनीहरुको भगवान बने झापाली संचारकर्मी खगेन्द्र घिमिरे र सचिन न्यौपाने । यो अभियान सुरु गरेका उनीहरुले अहिले निरन्तर रुपमा ति मानिसहरुले दैनिक खान पाएका छन् । त्यो सत्य साई सेवा केन्द्र प्रदेश न १ क ले व्यवस्थापन गरेको छ ।

सरकाले लकडाउनको घोषणा गरेको आज २० दिन बढी पुगेको छ । सहरबजार देखि सडक सबै सुनसान छन्,।यतिबेला यसको प्रत्यक्ष अप्रत्यक्ष रुपमा यसको ठुलो असर गरिब तथा बिपन्न बर्गलाई परेको छ ।

पहिलो दिनको सुरु सँगै संचारकर्मी घिमिरे अभियन्ता भएर निस्किए । भोलि पल्टै बाट त्यो टिम गाउँ पस्यो, तर रित्तो हात होइन । साथमा एक परिवारलाई पुग्ने खाद्यन्न लगायतको सामान लिएर ।

दैनिक ज्यालादारीमा काम गर्नेहरुको परिवार पनि बिचल्लीमा छन् । ती सडकमा रहेका कयौं मानिसहरुको बेहाल अवस्था छ ।

यी पेटहरु लाई केही मिलोस भन्ने उदेश्यका साथ गाउँ छिर्दा पानीमा नुन हालेर भोक मेटाउने परिवार पनि भेटिएको घिमिरे बताउँछन् ।

हालसम्म यो अभियानमा देश तथा बिदेशबाट धेरै सहयोगि दाता ले सहयोग गरे झै २० सय परिवारको लागि केहीँ दिन राम्रै सँग खाने खाद्यन्न उपलब्ध गराउन सफल भएको उनले बताए ।

कम्तिमा हामी त डरका बाबजुद जेनतेन २ छाक खाएकै छौँ, हामी घरभित्र छौँ । तर उनिहरुमा लकडाउनले अझै ठुलो असर गरेको छ,जसको घरनै सडकपेटि हो। अनि गाउमा जो भोका छन । भोकले लखतरान भएर रोहि रहेका छन् । उनिहरुका को लागि यो अभियान सुरु गरेको बताए ।

यतिबेला सबैले आफ्नो बारे मात्रै सोचिरहेका छन्, तर यस्ता मान्छे पनि छन्, जसले सडक मान्छे र खान नपाएका परिवारेको पेट भर्न लागिपरिरहेका छन् । कोही नहुनेका भगवान हुन्छन्, यो भनाइ सुन्दा अचम्म लाग्नु स्वभाविक हो ।

तर कोही नहुनेका भगवान हुन्छन्, भन्ने उदाहरण बनेका छन्, यतिबेला झापाका सञ्चारकर्मी खगेन्द्र घिमिरे । अनुसन्धान अनलाइनका सम्पादक तथा सञ्चालक घिमिरे यतिबेला सडकमा समाचार तयार पार्न मात्रै दौडिँदैनन् ।

उनी र उनको टिम सचिन न्यौपाने ,नरेश मोहरा यस्तै गरिब ,असहाय ,अनाथ र मानसिक सन्तुलन गुमाएका सडक मान्छेहरुको सेवामा छन् ।
संचाकर्मी घिमिरे र न्यौपाने सँगको सहकार्यमा सुरु भएको अभियान अहिले झापामा एक गतिलो उदहारण बनेको छ ।

दिनदुखि र कोहि नभएका हरुको लागि भगवान बनेका यी सञ्चारकर्मीहरुलाई सबैले सकेको साथ सहयोग गर्ने हो भने सडकपेटिका मानिसपनि भोकले मर्ने थिएनन् । झापाको यो कार्यले जनप्रतिनिधिहरुलाई गतिलो झापाड त दिन्छ नै ।

त्योभन्दा बाहेककाज अन्य जिल्लामा रहेका यस्ता मान्छेहरुलाई सम्बन्धित जिल्लामा रहेका सञ्चारकर्मीले समेत उनीहरुलाई साथ दिनु पर्ने हुन्छ । यसले पूर्ण संचार जगतमा राम्रो सन्देश दिएको छ ।