
काठमाडाैं, २ वैशाख । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका तीन जनामध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२८ दिनअघि बेलायतबाट आएका दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । हिजो कोरोनाको शंकामा उनीहरुलाई अस्पताल भर्ना गरिएको थियो । सनसिटी अपार्टमेन्ट अहिले सिलबन्दी गरिएको छ ।
उनिहरुको पाटन अस्पतालमा उपचार भइरहेको छ । याे सगै नेपालमा संक्रमितको संख्या १६ पुग्यो ।











प्रतिक्रिया