
काठमाडाैं, २ वैशाख । भारतमा लकडाउन अर्थात् बन्दाबन्दीको आगामी मे ३ अर्थात् बैशाख २१ गतेसम्मका लागि थपिएको छ । भारतमा जारी लकडाउन वैशाख २१ गतेसम्म थप भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनदेखि जारी लकडाउनको समय मे ३ (वैशाख २१) सम्म थप्ने घोषणा गरेका हुन् । यसअघि देशमा जारी लकडाउन थप्नेबारेमा प्रधानमन्त्री मोदीले देशका कोरोना प्रभावित राज्यका मुख्यमन्त्रीहरूसँग छलफल गरेका थिए ।
मुख्यमन्त्रीहरुले लकडाउन अझै जारी राख्नुपर्ने सुझाव दिएका थिए । भारतमा मंगलबार बिहानसम्म १० हजार ३ सयभन्दा बढीमा कोरोनाको संक्रमण देखिएको भने ३५८ जनाको मृत्यु भइसकेको छ । भारतले शुरुमै २१ दिनको लकडाउन गरेको थियो ।















प्रतिक्रिया