
काठमाडाैं, २ वैशाख । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले लकडाउन लम्ब्याउने तयारी गरेको बुझिएको छ । लकडाउन कति लम्ब्याने भन्ने आजको बैठकले निर्णय गर्नेछ ।
सरकारले अन्तिम पटक थपेको लकडाउनको समयावधि भोलि सकिँदैछ । सम्भवत लकडाउन अब एक हप्तादेखि दश दिनसम्म लम्बिन सक्ने स्रोतले बताएको छ ।
सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो ।
त्यसपछि चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले आठ दिन थपेर लकडाउनको समयावधी चैत २५ गतेसम्म पुर्याइएको थियो ।
सुदूरपश्चिम प्रदेशमा एकसाथ तीन जनामा संक्रमित फेला पर्दै कोरोना नयाँ चरणमा प्रवेश गरेपछि चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले थप आठ दिन लम्ब्याउने निर्णय गरेको थियो । नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।











प्रतिक्रिया