३ कार्तिक २०८३, मंगलबार

काठमाडौँ उपत्यका भित्र्याउन लागिएको अवैध मदिरा नष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madira-Raksiमेलम्ची, २६ फागुन । इलाका प्रहरी कार्यालय मेलम्चीले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाका विभिन्न स्थानबाट मदिरा बनाउन प्रयोग गरिने घरेलु मर्चा र घरेलु मदिरा बेवारिसे अवस्थामा बरामद गरेको छ ।

नियमित जाँचका क्रममा १२५ किलोग्राम घरेलु मर्चा र १२५ लिटर मदिरा बरामद गरी आज नष्ट गरिएको छ । सो मदिरा काठमाडौँ उपत्यका भित्र्याउन लागिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताउनुभयो ।