१ कार्तिक २०८३, आइतबार

लकडाउनको कार्यान्वयनन गर्न नसकेपछि टर्कीका गृहमन्त्रीले दिए राजीनामा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १ वैशाख । कोरोना भाइरसको रोकथामका लागि लागू गरिएको लकडाउनको कार्यान्वयन गर्न नसकेपछि टर्कीका गृहमन्त्री सुलेमान सोयलुले राजीनामा दिएका छन् ।

सुलेमान टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन नजिकका नेता मानिन्छन् । टर्कीका सबै ३१ शहरमा लकडाउनको घोषणा गरिएको थियो तर घोषणापछि स्थिति सहज भएन ।

शुक्रबार मध्यरातिदेखि मानिसहरुलाई घरबाहिर निस्कन बन्देज लगाइएको थियो तर मानिसहरूले त्यसको पालना गरेनन् । पसलहरुमा दैनिक उपभोग्य सामान खरिद गर्नेहरुको ठूलो भीड लाग्यो ।

सरकारका अधिकारीले खाद्यान्न लगायतका सामग्री घरमै आपूर्ति गर्ने भन्दै सम्झाए पनि मानिसहरुले पत्याएनन् र औषधिसहितका सामग्री खरिदका लागि पनि ठूलो भीड लाग्यो । अचानक कर्फ़्यू लगाएको भन्दै नागरिक र विपक्षी नेताहरुले सरकारको आलोचना गरे ।

इस्तांबुलमा १.६ करोड मानिसको बसोबास छ । त्यहाँका मानिसहरु पनि सबै घर बाहिर निस्कन थाले । शहरका मेयरले ट्विटरमा भिडियो पोस्ट गरेर भने कि मानिसहरुलाई लकडाउनबारे समयमै सूचित गरिएन ।

त्यसपछि गृहमन्त्री सुलेमानले उक्त परिस्थितिको जिम्मेबार आफू रहेको बताउँदै ट्विटरबाटै राजीनामाको घोाषणा गरे । सुलेमानले ट्विटरमा लेखे, ‘ मैले नागरिकको सुरक्षाका लागि यो कदम लिएको थिएँ, यो संक्रमण रोक्नका लागि थियो ।’

राष्ट्रपति अर्दोआनले गृहमन्त्रीको राजीनामा स्वीकार गरेका छैनन् । उनले सुलेमान आफ्नो पदमा रहिरहने उल्लेख गरेका छन् ।