२ कार्तिक २०८३, सोमबार

बागलुङमा थप एक जनाको कोरोना परीक्षण पोजेटिभ, थप परीक्षणका लागि काठमाडौँ लगिँदै

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० चैत । बागलुङमा थप एक महिलामा र्‍यापीड डाइगोनोस्टिक टेष्टको पोजेटिभ देखिएको छ ।

आइतबार काठेखोला गाउँपालिकामा ७ जनाको आरडीटी गरिएकोमा स्थानीय ६५ वर्षीया महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

उनी अहिले गाउँकै क्वारेन्टाइनमा छिन् । केही समय अघिमात्रै उनी भारतको तीर्थयात्राबाट फर्किएकी थिइन् ।

उनको थप परीक्षणका लागि पुनः स्वाब संकलन गरेर पोखरा वा काठमाडौँ पठाउने तयारी गरिएको बागलुङका जिल्ला प्रशासनले जनाएको छ ।

यही शुक्रबारदेखि जिल्लामा सुरु गरिएको र्‍यापीड डाइग्नोस्टिक टेस्टबाट ४ सय ७६ जनाको परीक्षण गरिसकिएको छ । जसमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । यसअघि जिल्लाका दुई जनामा संक्रमण पुष्टि भइसकेको छ ।