
काठमाडौँ, ३० चैत । वीरगञ्ज महानगरपालिका छपकैयालाई पूर्णरुपमा सिल गर्ने प्रदेश २ सरकारले निर्णय गरेको छ । भारतबाट आएर बसेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि यस्तो निर्णय गरिएको हो ।
मस्जिदमा बसेका ३ जना भारतीयमा संक्रमण देखिएपछि अन्य व्यक्तिहरुमा फैलन नदिन प्रदेश २ सरकारले छपकैया र संक्रमण देखिएको स्थान पूर्ण रुपमा सिल गर्ने जनाएको हो ।
उक्त क्षेत्रमा आवतजावत बन्द गर्दै त्यस क्षेत्रमा कोरोना परीक्षणको काम पनि तीव्र गतिमा अघि बढाउने जनाइएको छ ।
छपकैयास्थित एक मस्जिदमा बस्दै आएका २४ जनाको स्वाब परीक्षण गर्दा ३ जना भारतीयमा कोरोना संक्रमण पुष्टि भएको हो ।















प्रतिक्रिया